गृहपृष्ठ २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ५५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९०, हर्न निषेधमा ४१, लेन क्रसमा ४४, अवस्था ठिक नभएको १८, एकतर्फीमा ३५ र अन्यमा ८०४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु