global ime bank Long Banner Ad

गृहपृष्ठ इन्फिनिटी लघुवित्तले गर्‍यो देशभरका शाखाप्रमुखको क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम

इन्फिनिटी लघुवित्तले गर्‍यो देशभरका शाखाप्रमुखको क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम

इन्फिनिटी लघुवित्तले गर्‍यो देशभरका शाखाप्रमुखको क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका शाखाप्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरूको सहभागितामा दुईदिने क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

Managing Risk, Building Confidence भन्ने मूल नारासहित आयोजित कार्यक्रम साउन १५ र १६ गते पोखराको ल्याण्डमार्क होटलमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि रहेको संस्थाले जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार घिमिरे प्रमुख अतिथि तथा सञ्चालक रमेश कुमार र संस्थापक शेयरधनी दिनेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले गरेका थिए।

कार्यक्रममा संस्थाका १०२ वटै शाखाका शाखाप्रमुख, अनुगमन अधिकृत, विभागीय प्रमुख तथा व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथि विष्णु कुमार घिमिरेले जोखिम व्यवस्थापन, सुशासन र प्रभावकारी नेतृत्वलाई संस्थागत सफलताको आधारस्तम्भ भएको उल्लेख गर्दै बदलिँदो वित्तीय परिवेशअनुसार रणनीतिक सोच, सामूहिक प्रयास र उत्कृष्ट कार्यसम्पादनमार्फत संस्थालाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।

विशेष अतिथि दिनेश अधिकारीले यस्ता कार्यक्रमले कर्मचारीको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गरी संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले सिकाइलाई व्यवहारमा उतार्दै सदस्यमैत्री, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरे।

अध्यक्षता गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले संस्थाको दीर्घकालीन लक्ष्य र भावी रणनीतिबारे जानकारी गराउँदै जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैली अपनाएर संस्थालाई अझ सशक्त बनाउन कर्मचारीहरूलाई प्रेरित गरे। नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गर्दै आगामी रणनीति र कार्ययोजनाबारे जानकारी गराए।

कार्यक्रममा शाखाहरूको कार्यसम्पादन, उपलब्धि, चुनौती, सुधार गर्नुपर्ने क्षेत्र तथा आगामी कार्यदिशाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै जोखिम व्यवस्थापन, कर्जा तथा असुली व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, प्रभावकारी सेवा प्रवाह, नेतृत्व विकास र शाखा व्यवस्थापनसम्बन्धी विषयमा विभागीय प्रमुखहरूले प्रशिक्षण दिएका थिए।

समूहगत छलफलमार्फत व्यवहारिक समस्या समाधान, सुधारका उपाय तथा भावी रणनीतिबारे साझा निष्कर्ष निकालिएको थियो। ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदान–प्रदानले शाखा र विभागबीचको समन्वय तथा सहकार्य थप सुदृढ बनाउँदै संस्थाको लक्ष्य प्राप्तिमा साझा प्रतिबद्धता बढाएको संस्थाले जनाएको छ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु