global ime bank Long Banner Ad

गृहपृष्ठ पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी। कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका(२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।” उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी(जोमसोम सडक भएर सयौँ यात्रु तथा पर्यटकले मुक्तिनाथ हुँदै कोरलानाकासम्मको यात्रा गर्छन् ।

 

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु