गृहपृष्ठ बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु
बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु
सुदूरपश्चिम । बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।
प्रकाशित समय : १५:३९ बजे



















