गृहपृष्ठ रूस युक्रेन द्वन्द्वमा पाँच जनाको मृत्यु
रूस युक्रेन द्वन्द्वमा पाँच जनाको मृत्यु
रूस र युक्रेन बीच बिहिबार भएको द्वन्द्वका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
पछिल्लो समयमा युक्रेनले मस्कोको आक्रमणको बदला लिन रूस बिरुद्ध ड्रोन आक्रमण बढाएको जनाइएको छ ।
युक्रेनी गोलाबारीले रूसको पश्चिमी सीमा क्षेत्र ब्रायन्स्कको एउटा गाउँमा १५ वर्षीया बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गभर्नर येगोर कोभालचुकले बताएको छन् ।
यसैगरी मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको रूसको यारोस्लाभल क्षेत्रमा भएको ड्रोन आक्रमणमा अर्का एक जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
रूसी क्षेप्यास्त्रले युक्रेनको राजधानी किएभमा रातभर प्रहार गर्दा दुई जनाको ज्यान गएको र एक बालकसहित पाँच जना घाइते भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ ।
“मस्कोले ब्यालेस्टिक आतंकमाथि भरोसा गरि आफ्नो आक्रमण जारी राखेको बताउदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई सुरक्षाका लागि अब्बल सुरक्षा प्रणली तयार गर्नु पर्ने उल्लेख गरे।
साल्भोमा मिसाइलहरू प्रहार गरिएको जनाउदै उनले ती मध्ये आठ वटा ब्यालेस्टिक मिसाइल र १५१ वटा ड्रोनहरू रहेको जनाए ।
युक्रेनी वायु सेनाको सतर्कताले धेरै ब्यालेस्टिक मिसाइलहरू नजिक आएको रिपोर्ट गरको एएफपीले जनाएको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनको भ्रमणको केही समय पछि किएभमा आक्रमण भएको जनाइएको छ ।
बेलायतका प्रधानमन्त्री कीर स्टारमर र टर्कीका विदेशमन्त्री हाकान फिदान दुवै बिहीबार युक्रेनको राजधानीमा थिए । “जुलाईमा मात्रै किएभमा भएको यो छैटौँ ब्यालेस्टिक आक्रमण रहेको जेलेन्स्कीले बताएको छन् ।
किएभले गत महिना देखि नियमित रूसी ब्यालेस्टिक मिसाइल आक्रमणको सामना गरिरहेको जनाइएको छ ।
युक्रेन अमेरिकाले डिजाइन गरेको प्याट्रियट प्रणालीका लागि आवाश्यक मिसाइलको अभावबाट ग्रस्त छ, जुन ब्यालेस्टिक प्रोजेक्टाइलहरू रोक्नका लागि अत्यावश्यक छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादन गर्ने अनुमति दिने बताएको थिए भने जेलेन्स्कीले सन् २०२६ को अन्त्य सम्ममा यसको उत्पादन सुरु हुन सक्ने सम्भावना रहेको बताए ।
–रासस
प्रकाशित समय : १७:३३ बजे



















