global ime bank Long Banner Ad

गृहपृष्ठ सन सेक्युरिटिजले निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने

सन सेक्युरिटिजले निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने

सन सेक्युरिटिजले निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने

काठमाडौं। सन सेक्युरिटिज प्रालिले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार काठमाडौं बाहिर तथा नेपालबाहिर बसेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गर्दै तालिम आयोजना गर्न लागिएको हो। तालिम गुगल मिटमार्फत हरेक दिन साँझ ७:३० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुनेछ।

तालिममा शेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजरले शेयर छनोट गर्ने विधि, मार्जिन कारोबार (लिभरेज) को प्रयोग र जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध विभिन्न वित्तीय लगानीका साधन, भ्यालु इन्भेस्टिङ र मल्टिब्यागर शेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा प्राविधिक विश्लेषण (क्यान्डल, चार्ट, प्याटर्न, ट्रेन्ड र विभिन्न इन्डिकेटर) सम्बन्धी विषय समेटिने जनाइएको छ।

त्यसैगरी वर्तमान बजार परिस्थितिमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्तको सहभागितामा प्यानल छलफल पनि हुने कम्पनीले जनाएको छ। तालिम कार्यक्रमको संयोजन विवेक अधिकारी र दिपकराज पन्तले गर्नेछन्।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु