global ime bank Long Banner Ad

गृहपृष्ठ विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः  मुख्यमन्त्री पाण्डे

दमौली ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएको छन् ।

भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गरदेै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए।

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए ।

“यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,” मुख्यमन्त्री पाण्डेले भने्, “योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।”

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पुल निर्माण पछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताए ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु