काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

2.35K
shares

काठमाडौँ । बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ ९इनफा० को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ । आगामी साउन ३० गते काठमाडौँमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ ।

अवार्डमा सहभागी चलचित्रमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनिष कार्कीले विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।

अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहेको आयोजकले जनाएको छ ।

निर्णायक समितिका संयोजक हरिहर शर्माले निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गरिएको बताए ।

‘हरेक अवार्डमा विजेता खुसी र छुट्ने पक्ष असन्तुष्ट हुन सक्छन् । तर हाम्रो समितिले कुनै पूर्वाग्रह नराखी विवेकपूर्ण र निष्पक्ष ढङ्गले निर्णय गरेको छ’ उनले भने ।

अवार्ड समारोहमा कूल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । दीर्घसाधना सम्मानबाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई रु एक लाख ११ हजार १११ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत चलचित्रकर्मीको उपस्थिति थियो ।