global ime bank Long Banner Ad

गृहपृष्ठ दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो ।

दिक्तेलस्थित शुभम् फाउन्डेसनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण थालेका छन् ।

विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगरप्रमुख भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले ढुङ्गामा छिनो र मार्तलले आकृति कोरेर मंगलबार कार्यशालाको शुभारम्भ गरेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख राईले नगरपालिकाको यो मूर्तिकला कार्यशाला दीर्घकालीन महत्वको भएको बताएका छन् । कार्यशालामा गौतमबुद्धको अर्धकदको मूर्ति, जट्टाधारी शिवजीको अर्धकदको मूर्ति, किरात संस्कार तथा संस्कृतिसँग सम्बन्धित ढोल, झ्याम्टा, बाबु ९चिन्डो० तथा धनुषवाण, लोपोन्मुख जनावर रेडपाण्डालगायतका कलात्मक मूर्ति निर्माण गरिने अभियानका निर्देशक नकुल सिंले जानकारी दिए ।

पन्ध्र दिनसम्म सञ्चालन हुने कार्यशालामा प्राज्ञिक, वरिष्ठ मूर्तिकार, कला साधक तथा कलाकारले आफ्नो अवधारणाअनुसारका मूर्त तथा अमूर्त शैलीमा कलासमेत सृजना गर्ने जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकार ९दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका०को ठूलो धनराशि लगानी भइरहेको छ ।

दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल करिब ४५ मिनेट उकालो चढ्दा पुगिने मझुवागढीलाई सांस्कृति विविधतामा आधारित पर्यटकीय गन्तव्य बनाउन कलात्मक मूर्ति राख्ने तयारी गरिएको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९पन्ध्र वडा रहेको० यो नगरपालिकाले भौतिक पूर्वाधार विकाससँगै कला, साहित्य तथा सृजनाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पर्यावरण संरक्षणका रेडपाण्डा तथा थार महोत्सव, स्थानीय कच्चा पदार्थलाई प्रयोगमा ल्याउन राष्ट्रिय बाँस सम्मेलन, चित्रकलालाई प्रवर्द्धन गर्न मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशालालगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशालामा सहभागी विभिन्न ४१ देश ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गरिएको छ । नगरपालिकाले स्थापना गरेको ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला सङ्ग्रहालय’का लागि सङ्घीय सरकारले रु तीन करोड बजेट उपलब्ध गराएको छ ।

प्रकाशित समय : ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु