global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफल : २०८३ असार ११ गते, बिहीबार

आजको राशिफल : २०८३ असार ११ गते, बिहीबार

आजको राशिफल : २०८३ असार ११ गते, बिहीबार

आज विक्रम संवत् २०८३ असार ११ गते बिहीबार, ईस्वी संवत् २०२६ जुन २५ तारिख परेको छ । नेपाल संवत् ११४६ तछलाथ्व एकादशी, अधिक ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि रहेको छ । आज निर्जला एकादशी व्रत, तुलसीमा दल चढाउने तथा भूमिपूजा गर्ने दिन पनि हो । नेपालमा आज सूर्योदय बिहान ५ः११ बजे र सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ ।

महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कँदा दही सेवन गरेर यात्रा गर्दा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । शुभ कार्य प्रारम्भ वा यात्राका लागि बिहान ६ः१४ बजेदेखि ९ः४४ बजेसम्मको समय उत्तम मानिएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंको मिहिनेतले राम्रो परिणाम दिने दिन छ । व्यक्तित्व विकास तथा अध्ययनका अवसर प्राप्त हुन सक्छन् । साथीभाइसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । पारिवारिक विषय र आफन्तको सम्झनाले मन भावुक बन्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीका काममा व्यस्तता बढ्न सक्छ । आर्थिक अवस्था सन्तुलित रहनेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी देखिए पनि घरपरिवारको वातावरण सामान्य रहनेछ । गोप्य कुरा सार्वजनिक हुँदा असहज परिस्थिति आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना सुरु गर्न अनुकूल समय छ । रोकिएका काममा सफलता मिल्ने सम्भावना छ । सहकर्मी तथा वरिष्ठको सहयोग प्राप्त हुनेछ । सामाजिक गतिविधिमा व्यस्त हुँदा प्रेम सम्बन्धमा सामान्य मतभेद हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य कुराले विवादको रूप लिन सक्छ, त्यसैले बोलीमा संयम अपनाउनु राम्रो हुन्छ । आम्दानी बढ्ने संकेत छ । नम्र व्यवहारले काममा सफलता दिलाउनेछ । घरपरिवारमा सुखद वातावरण बन्ने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उत्साह र आत्मविश्वास बढ्ने दिन छ । रोकिएका काम पूरा हुनेछन् । सफलता र सम्मान प्राप्त हुने सम्भावना छ । घमण्ड र अहंकारबाट टाढा रहन सके थप उपलब्धि हात लाग्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्ने सम्भावना रहे पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ । महत्त्वाकांक्षा बढी राख्दा समस्या आउन सक्छ । प्रेम तथा दाम्पत्य जीवनमा एकअर्काको भावनाको सम्मान गर्नु आवश्यक छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसाय तथा कारोबारमा प्रगति हुने संकेत छ । जिम्मेवारी बढ्न सक्छ । पारिवारिक वातावरण अनुकूल रहनेछ । विदेश अध्ययन वा यात्राको योजना बनाइरहनुभएको छ भने अनुभवी व्यक्तिसँग परामर्श गर्नु लाभदायक हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वरिष्ठ व्यक्तिको सहयोगबाट लाभ मिल्नेछ । अतिरिक्त आम्दानीको अवसर प्राप्त हुन सक्छ । नयाँ सिर्जना तथा परिवर्तनका लागि समय अनुकूल छ । दाम्पत्य जीवनमा खुसीको खबर सुन्न पाइने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन प्रसन्न रहनेछ । भेटघाट तथा सामाजिक सम्बन्ध विस्तार हुनेछन् । कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा सम्मान प्राप्त हुन सक्छ । लगानी तथा सम्पत्तिसम्बन्धी निर्णय गर्दा परिस्थिति बुझेर अघि बढ्नु उचित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरेलु काममा समय बित्न सक्छ । आगो, धारिलो वस्तु तथा सवारी प्रयोगमा सावधानी अपनाउनु आवश्यक छ । जोखिमपूर्ण कामबाट टाढा रहनु राम्रो हुन्छ । धैर्य र संयमले काम गर्दा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवन सुखद रहनेछ । कला, साहित्य तथा संगीतप्रति आकर्षण बढ्नेछ । भावनामा बग्नुभन्दा काममा केन्द्रित हुन आवश्यक छ । अधुरा काम पूरा गर्न विशेष ध्यान दिनु राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरपरिवारबाट सुखद समाचार प्राप्त हुन सक्छ । प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ । मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ । हतारमा निर्णय गर्दा समस्या आउन सक्ने भएकाले सोचविचार गरेर अघि बढ्नु उचित हुनेछ ।

प्रकाशित समय : ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु