global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक सुरु

रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक सुरु

रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक अन्तिम बैठक आज यहाँ सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा सुरु भएको हो ।

बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ । उनले भने “यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ ।”

यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उनले बताए। ती एजेन्डा महाधिवेशनमा लगिने छ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उनको भनाइ छ ।

विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो । यसअघि दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ ।

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु