global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक, २०८३ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ र परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यस्तै अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिनेछन ।

बैठकमा सभामुख अर्यालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमा २० जना सांसदहरुले राख्नुभएको खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नछन ।

बैठकमा सांसदहरु कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले खर्च कटौतीको प्रस्ताव राख्ने छन ।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु