गृहपृष्ठ नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित

काठमाडौँ ।पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित हासिल गर्ने क्रममा उसले आज मधेस वारियर्सलाई ३(१ )को सेटको अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा अन्नपूर्णले पहिलो सेट १६(२५ )ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा भने मधेस वारियर्स ३१(२९) ले विजयी भयो । तेस्रो र चौथो सेटमा मधेस क्रमशः २२(२५ र २१(२५) ले पराजित भयो ।

मधेसले पहिलो खेलमा सगरमाथा स्म्यासर्सविरुद्ध ३(१ को पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सविरुद्ध ३(२) ले पराजित भएको थियो । पहिलो खेलमा कर्णाली शिवराजविरुद्ध ३(१ ले पराजय व्यहोरेको अन्नपूर्णले दोस्रो र तेस्रो खेलमा भने लगातार जित हासिल गरेको छ । उसले आइतबार काठमाडौँ रेड्सलाई ३(० )को सोझो सेटमा हराएको थियो ।

छ टोलीले प्रतिस्पर्धा गरिरहेको एनभिएल २०२६ सिङ्गल राउन्ड रोबिन लिग पद्धतिअनुसार सञ्चालन भइरहेको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको विजेता टोलीले २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु