global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठकमा दुई विधेयकमाथि विचार गरिने

प्रतिनिधिसभा बैठकमा दुई विधेयकमाथि विचार गरिने

प्रतिनिधिसभा बैठकमा दुई विधेयकमाथि विचार गरिने

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बस्ने बैठक बिहान ११ : ०० बजेदेखि सुरु हुनेछ।

आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारी ले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी विश्वकर्मा ले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ नम्बर ८१’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित समय : ०६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु