global ime bank Long Banner Ad

गृहपृष्ठ झण्डै १० करोड केजी रासायनिक मल जिल्लामा थन्कियो, किसानले समयमा मल नपाउने समस्या

झण्डै १० करोड केजी रासायनिक मल जिल्लामा थन्कियो, किसानले समयमा मल नपाउने समस्या

झण्डै १० करोड केजी रासायनिक मल जिल्लामा थन्कियो, किसानले समयमा मल नपाउने समस्या

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका जिल्ला शाखा कार्यालयहरूमा ठूलो मात्रामा रासायनिक मल मौज्दात रहे पनि वितरण हुन नसकेको पाइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार करिब ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल जिल्लास्तरका शाखा कार्यालयमै थन्किएको छ।

मन्त्रालयको तथ्यांकअनुसार केन्द्रबाट पठाइएको मल समयमा वितरण हुन नसक्दा किसानले आवश्यक समयमा मल नपाउने समस्या देखिएको छ।

कोशी प्रदेशका शाखा कार्यालयमा १ करोड १९ लाख किलोभन्दा बढी युरिया तथा डीएपी र पोटास मल मौज्दात छ। मधेश प्रदेशमा सबैभन्दा बढी करिब ३ करोड ११ लाख किलो युरिया, १ करोड १४ लाख किलो डीएपी र ५५ लाख किलोभन्दा बढी पोटास मौज्दात रहेको देखिन्छ।

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा पनि लाखौँदेखि करोडौँ किलोसम्म मल मौज्दात भए पनि वितरण प्रभावकारी हुन सकेको छैन।

कृषि विज्ञहरूका अनुसार वितरण प्रणाली कमजोर हुनु, माग र आपूर्तिबीच समन्वयको अभाव तथा प्रशासनिक ढिलाइका कारण यस्तो समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ।

समयमै मल नपाउँदा किसानहरू उत्पादन लागत बढ्ने र बाली प्रभावित हुने जोखिममा परेको बताइन्छ। सरकारले वितरण प्रणाली सुधार गर्नुपर्ने माग किसानहरूले गरेका छन्।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु