global ime bank Long Banner Ad

गृहपृष्ठ नवीकरणीय ऊर्जाको विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगमा तीव्र वृद्धि

नवीकरणीय ऊर्जाको विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगमा तीव्र वृद्धि

नवीकरणीय ऊर्जाको विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगमा तीव्र वृद्धि

काठमाडौं । नवीकरणीय ऊर्जा उत्पादनको तीव्र विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगले उल्लेखनीय प्रगति गरेको छ । देशभर सौर्य तथा वायु ऊर्जाको उत्पादन बढ्दै गएपछि चीनले यस वर्ष जलविद्युत्मा आधारित पम्प्प–स्टोरेज परियोजनाहरूको निर्माणलाई तीव्रता दिएको हो ।

मार्च महिनासम्म चीनको सञ्चालनमा रहेको पम्प्प–स्टोरेज जलविद्युत् क्षमता करिब ६७ गिगावाट पुगेको छ । साथै नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीको विस्तार पनि द्रुत गतिमा भइरहेको छ ।

पूर्वी चीनको हुआइआन क्षेत्रमा निर्माण भइरहेको विशाल कम्प्रेस्ड–एयर ऊर्जा भण्डारण विद्युत् केन्द्रको दोस्रो युनिट हाल परीक्षण चरणमा रहेको छ । ग्रिडमा जोडिएपछि उक्त युनिटले लगातार चार घण्टासम्म तीन लाख किलोवाट ‘पीक–शेभिङ’ क्षमता उपलब्ध गराउने र क्षेत्रीय विद्युत् सञ्जालको सञ्चालनलाई थप लचिलो बनाउने अपेक्षा गरिएको छ ।

चीनको राष्ट्रिय विद्युत् प्रणालीका अधिकारीहरूका अनुसार यसले विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । चीनमा मार्च महिनाको अन्त्यसम्म सञ्चालनमा रहेका नयाँ प्रकारका ऊर्जा भण्डारण प्रणालीहरूको कुल क्षमता १४० गिगावाट नाघिसकेको छ, जसले देशको हरित ऊर्जा रूपान्तरण अभियानलाई थप गति दिएको बताइएको छ । सीसीटीभी

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु