गृहपृष्ठ रास्वपा रुपन्देही सभापतिमा उपाध्याय निर्वाचित
रास्वपा रुपन्देही सभापतिमा उपाध्याय निर्वाचित
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएको छ।
तिलोत्तमा नगरपालिका–५ मणिग्राममा आइतबार सम्पन्न अधिवेशनमा उपाध्यायले प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै विजयी भएको हो। उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत प्राप्त गरेका थिए।
त्यसैगरी, उपसभापतिमा दुर्गाप्रसाद अर्याल निर्वाचित भएको छ। अर्यालले २३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत पाएकी थिइन्।
सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरेका छन्। सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी भए भने प्रेमनारायण तिवारीले १४८ मत पाए।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन्।
प्रकाशित समय : ०७:२१ बजे



















