गृहपृष्ठ अत्यधिक गर्मीबाट हुने लुबाट बच्न अपनाउनुस् घरेलु उपाय
अत्यधिक गर्मीबाट हुने लुबाट बच्न अपनाउनुस् घरेलु उपाय
काठमाडौं । गर्मी मौसममा बढ्दो तापक्रमका कारण लु (हट स्ट्रोक) को जोखिम उच्च रहने भएकाले सावधानी अपनाउन स्वास्थ्य विशेषज्ञहरूले सुझाव दिएका छन्।
विशेषगरी दिउँसोको चर्को घाममा बाहिर निस्कँदा टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने तथा अत्यधिक कमजोरी महसुस हुने समस्या देखिन सक्छ। समयमा उपचार नपाएमा लु ज्यान जोखिममा पार्ने गम्भीर अवस्था बन्न सक्छ।
तराई–मधेसलगायतका क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने भएकाले लु अझ बढी खतरनाक बन्ने गरेको छ।
लुका लक्षण
- उच्च ज्वरो
- चक्कर लाग्नु वा बेहोस हुनु
- गम्भीर टाउको दुखाइ
- छाला रातो र सुख्खा हुनु
- मांसपेशी दुखाइ वा ऐंठन
- सास फेर्न गाह्रो हुनु
- वाकवाकी वा बान्ता
लु लागेपछि तुरुन्त गर्नुपर्ने उपाय
- हल्का र सुती कपडा लगाउने
- पंखा वा चिसो हावा प्रयोग गर्ने
- टाउको र घाँटीमा आइस प्याक राख्ने
- चिसो पानीले बिस्तारै नुहाउने
- अवस्था गम्भीर भए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने
लुबाट बच्ने उपाय
- दिउँसो १२ देखि ३ बजेसम्म सकेसम्म बाहिर ननिस्कने
- बाहिर निस्कँदा टाउको छोप्ने, टोपी वा छाता प्रयोग गर्ने
- हल्का, खुला र सुती कपडा लगाउने
- पानी, कागती पानी, नरिवल पानीलगायत तरल पदार्थ प्रशस्त पिउने
- बेला–बेलामा अनुहार र शरीरमा पानी छ्याप्ने
स्वास्थ्य विज्ञहरूले बालबालिका तथा वृद्धवृद्धामा लुको जोखिम बढी हुने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। समयमा सचेत भई उचित उपाय अपनाएमा लुबाट हुने जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ।
एजेन्सी
प्रकाशित समय : ०७:१२ बजे



















