गृहपृष्ठ संसदीय समितिमा नागढुंगा सुरूङमार्गको प्रगतिबारे छलफल हुने
संसदीय समितिमा नागढुंगा सुरूङमार्गको प्रगतिबारे छलफल हुने
काठमाडौं। संघीय संसदअन्तर्गतका दुई समितिको बैठक आज बस्ने भएको छ। बैठकहरू संघीय संसद सचिवालय परिसर, सिंहदरबारमा आयोजना हुनेछन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा नागढुंगा–सिस्नेखोला सुरूङमार्ग सम्बन्धमा विभाग र आयोजना पक्षसँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा कर्णाली प्रदेश मा गरिएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।
प्रकाशित समय : ०७:०३ बजे



















