global ime bank Long Banner Ad

गृहपृष्ठ आज रास्वपाको २९ जिल्लामा अधिवेशन हुँदै (जिल्ला सूचीसहित)

आज रास्वपाको २९ जिल्लामा अधिवेशन हुँदै (जिल्ला सूचीसहित)

आज रास्वपाको २९ जिल्लामा अधिवेशन हुँदै (जिल्ला सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २९ जिल्लामा जिल्ला अधिवेशन गर्दैछ।

हिजो ३६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको रास्वपाले आज थप २९ जिल्लामा अधिवेशन गर्न लागेको हो।

आज हुने अधिवेशनबाट जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ। निर्वाचित नेतृत्वले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अघि बढाउने अपेक्षा गरिएको छ।

आज कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम गरी ४ जिल्लामा तथा मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही गरी ४ जिल्लामा जिल्ला अधिवेशन हुँदैछ।

त्यस्तै, बागमती प्रदेशका चितवन र ललितपुर गरी २ जिल्लामा अधिवेशन हुँदै गर्दा गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ गरी ४ जिल्लाले पनि नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्दैछन्।

यस्तै, लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान गरी ३ जिल्लामा जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनेछ। कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु र जुम्ला गरी ६ जिल्लाले पनि अधिवेशनमार्फत नयाँ नेतृत्व पाउनेछन्।

सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा गरी ६ जिल्लामा पनि आजै अधिवेशन हुँदैछ।

महाधिवेशनअघि सम्पन्न गर्ने भनिएको ६६ जिल्लामध्ये विशेष परिस्थितिका कारण मधेश प्रदेशको बारा जिल्लाको अधिवेशन भने आगामी जेठ २६ गते हुने तय गरिएको छ।

यससँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ। बाँकी ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः सञ्चालन गरिने रास्वपाले जनाएको छ।

प्रकाशित समय : ०६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु