काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु बैंकद्वारा श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

2.56K
shares

प्रभु बैंक लिमिटेडको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ। स्मार्ट बोर्डको प्रयोगबाट विद्यालयमा डिजिटल शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

हाल विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अग्रसर भइरहेको अवस्थामा विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष तथा प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नुका साथै डिजिटल विभाजन न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको यस सामाजिक कार्यको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।