गृहपृष्ठ १८औँ वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्वारा खाद्यान्न तथा फलफूल वितरण

१८औँ वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्वारा खाद्यान्न तथा फलफूल वितरण

१८औँ वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्वारा खाद्यान्न तथा फलफूल वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसैक्रममा, हिमालयन लाइफ इन्स्योरेन्सको डडेल्धुरा उप–प्रादेशिक कार्यालयको अगुवाइमा अमरगढी नगरपालिकास्थित प्रसिद्ध धार्मिक तथा शैक्षिक स्थल उग्रतारा वेदविद्याश्रममा आश्रित बटुक तथा विद्यार्थीलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको छ ।

आश्रममा आयोजित कार्यक्रममा विद्यार्थीको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै चामल, दाल, तेल, नुनलगायत अत्यावश्यक खाद्यान्न सामग्रीका साथै विभिन्न मौसमी फलफूल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । व्यवसायिक सफलतासँगै समाजप्रतिको उत्तरदायित्वलाई पनि सँगसँगै अगाडि बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश उपप्रमुख टेकराज आचार्यले मानव जीवनमा बीमाको महत्त्व र आवश्यकताबारे प्रकाश पारे । उनले भविष्यका जोखिम न्यूनीकरण तथा आर्थिक सुरक्षाका लागि बीमा अपरिहार्य रहेको उल्लेख गर्दै हिमालयन लाइफले व्यवसायसँगै सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे ।

उक्त कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका डडेल्धुरा शाखा प्रबन्धक, एजेन्सी म्यानेजरहरू, स्थानीयवासी तथा वेदविद्याश्रमका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । आश्रम व्यवस्थापन समिति तथा त्यहाँका आचार्यहरूले कम्पनीको यस परोपकारी कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु