गृहपृष्ठ कागजात अभावमा रोकिए दाबी भुक्तानी, प्रक्रिया पूरा गर्न कम्पनीको आग्रह
कागजात अभावमा रोकिए दाबी भुक्तानी, प्रक्रिया पूरा गर्न कम्पनीको आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आवश्यक कागजात नपुगेका कारण रोकिएका बीमा दाबी प्रक्रियालाई पूरा गर्न सम्बन्धित बीमितहरूलाई आग्रह गरेको छ।
कम्पनीले बुधबार सूचना जारी गर्दै चैत मसान्तसम्म प्राप्त भएका केही दाबी निवेदनहरू आवश्यक प्रमाण तथा कागजातको अभावमा भुक्तानी प्रक्रिया रोकिएको जनाएको छ। कम्पनीका अनुसार दाबी निवेदन दर्ता भए पनि थप विवरण तथा कागजात उपलब्ध नगराइएका कारण कतिपय बीमितसँग सम्पर्कसमेत हुन सकेको छैन।
यसैबीच कम्पनीले सम्बन्धित बीमितहरूलाई आवश्यक कागजातसहित नजिकको प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालय, केन्द्रीय कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
कम्पनीले तोकिएको अवधिभित्र कागजात पेश नगरे दाबी फाइल बन्द गरिने जनाएको छ। सूचनाअनुसार ३५ दिनभित्र आवश्यक कागजात उपलब्ध नगराइए सम्बन्धित बीमा दाबी फाइल बन्द गरिनेछ।
दाबी भुक्तानीको प्रतीक्षामा रहेका बीमितहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गरी आफ्नो दाबी रकम बुझिलिन कम्पनीले आग्रह गरेको छ।
प्रकाशित समय : ०९:५५ बजे



















