गृहपृष्ठ Traffic Police Mirror 2026 को लोकार्पण
Traffic Police Mirror 2026 को लोकार्पण
Traffic Police Mirror 2026 को आज एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। नेपाल प्रहरी संगठन प्रमुख दानबहादुर कार्की ले Traffic Police Mirror 2026 को लोकार्पण गरेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय को आयोजनामा “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” को अवसर पारेर Traffic Police Mirror 2026 को लोकार्पण गरिएको हो।
प्रहरी महानिरीक्षक कार्कीले मिरर निर्माणमा योगदान पुर्याउने ट्राफिक प्रहरी कर्मचारी, संस्था तथा विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो।
कार्यक्रममा ईश्वर कार्की ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नवराज अधिकारी ले Traffic Police Mirror 2026 प्रकाशनको औचित्यबारे प्रकाश पारेको थियो।
त्यसैगरी, राजेन्द्र प्रसाद त्रिपाठी र सुनिल पौडेल ले कार्यक्रममा मन्तव्य व्यक्त गरेको थियो।
विगतका अनुभव, सङ्घर्ष र उपलब्धिहरूको बलियो जगमा उभिएको Traffic Police Mirror 2026 ले भविष्यको प्रविधिमैत्री र आधुनिक युगतर्फको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।
प्रकाशित समय : १२:४७ बजे



















