गृहपृष्ठ आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल प्रारम्भ हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल प्रारम्भ हुने
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुने कार्यसूची रहेको छ।
आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमसम्बन्धी वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।
प्रकाशित समय : ०७:२४ बजे



















