global ime bank Long Banner Ad

गृहपृष्ठ पानीजन्य दुर्घटना रोक्न रास्वपाका सांसद गजुरेलको सरकारलाई ध्यानाकर्षण

पानीजन्य दुर्घटना रोक्न रास्वपाका सांसद गजुरेलको सरकारलाई ध्यानाकर्षण

पानीजन्य दुर्घटना रोक्न रास्वपाका सांसद गजुरेलको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्यु चिन्ताजनक रहेको बताए । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठन को अनुमानअनुसार यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने बताए ।

उनले भने, ‘नेपाल प्रहरीको तथ्यांक अनुसार वर्षनी करिब ४ सय जनाको पानीमा डुबेर अर्थात बगेर मृत्यु हुन्छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने वार्षिक रुपमा १५ सय सम्मको मृत्यु हुने अनुमान गरिएको छ । पीडितमध्ये आधाभन्दा बढी २५ वर्ष मुनिको युवा र बालबालिका छन् ।’
उनका अनुसार पीडितमध्ये आधाभन्दा बढी २५ वर्षमुनिका युवा तथा बालबालिका रहेका छन् ।

उनले गत जेठ १० गते सिन्धुली जिल्ला को सुनकोशी गाउँपालिका–५ सित्खा स्थित सुनकोशी नदीमा डुबेर ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेश विकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस्तो दुर्घटनाले जनचेतना, सुरक्षा व्यवस्था र पूर्वसतर्कतामा कमी रहेको स्पष्ट देखाएको बताए ।

उनले भने, ‘गत जेठ १० गते सिन्धुली जिल्लाको सुनकोशी ५ सित्खामा सुनकोशी नदीमा डुबेर दुई नाबालक सफल पुलामी मगर, युकेश विक १० वर्षका उनको दुखत निधन भयो । यसमा जनचेतना, सुरक्षा, व्यवस्था र पूर्व सर्तकताको कमि स्पस्ट देखाउँछ । विद्यालय, अभिभावक, स्थानिय तह र समुदायले बालबालिकाको पानीजन्य जोखिमबारे सचेत गराउनुपर्छ । जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार सुरक्षा व्यवस्था तथा जनतेतना मुलुक कार्यक्रम प्रभावकारिताका साथ सञ्चालन गर्नुपर्छ ।’
सांसद गजुरेलले विद्यालय, अभिभावक, स्थानीय तह र समुदायले बालबालिकालाई पानीजन्य जोखिमबारे सचेत गराउनुपर्ने आवश्यकता औंल्याए । साथै जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार तथा सुरक्षा व्यवस्था गर्न र जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरे ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु