गृहपृष्ठ सङ्घमा व्यवसाय र मानवअधिकार विषय छलफल कार्यक्रम सम्पन्न
सङ्घमा व्यवसाय र मानवअधिकार विषय छलफल कार्यक्रम सम्पन्न
विराटनगर । उद्योग व्यापार सङ्घमा व्यवसाय र मानवअधिकारका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मोरङ उद्योग व्यापार सङ्घको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशी प्रदेशले सङ्घमा ‘व्यवसाय र मानवअधिकार’ विषयक छलफल कार्यक्रम आज सम्पन्न भएको हो । विभिन्न औद्योगिक/व्यावसायिक प्रतिष्ठानहरूबाट करिब ५० जनाको सहभागिता रहेको सो कार्यक्रममा मानव अधिकार अभियन्ता देवी बाँस्कोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा व्यवसाय र मानवअधिकारको अन्तरसम्बन्ध, उद्योगी/व्यवसायीको संरक्षण एवं सम्वर्द्धनार्थ राज्यको भूमिका, व्यवसायद्वारा सामाजिक उत्तरदायित्व, व्यवसाय र मानवअधिकार सम्बन्ध, संयुक्त राष्ट्र सङ्घीय सिद्धान्तलगायत विषयमा जानकारी गराई छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, राष्ट्रिय मानवअधिकार आयोगको कोशी प्रदेश प्रमुख वीरबहादुर बुढामगर र मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको उपस्थिति थियो ।
प्रकाशित समय : १२:५८ बजे



















