global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा समय लिएर उनले भने, “बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ, उनको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बझाङको सुर्मा गाउँपालिका(१ का बोहरा केही दिन अघि सोही गाउँपालिकाको पाँच हजार मिटर माथिको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएको थियो । उनलाई आज लेक लागेर गम्भीर बिरामी भएको सांसद महरले जानकारी दिए ।

क्यान्सरको औषधि अभाव

बैठकमा कांग्रेस सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर बिरामीको उपचारमा आवश्यक कार्गोप्लाटिन औषधिको देशभर अभाव भइरहेको र बिरामीलाई उपचार नगरी घर फर्काउने गरेको दृष्टान्त सुनाउँदै यथाशीघ्र सो औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु