गृहपृष्ठ नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट
नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार मापक नेप्से परिसूचक छ दशमलव ५१ अङ्कले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ । कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर रु तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ ।
नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैङ्क र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित समय : १६:१४ बजे



















