गृहपृष्ठ ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व सङ्कलन
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई सङ्कलन गरिएको छ ।
आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८३, राइड सेयरिङमा १७९, रातोबत्तीमा १३१, तीव्रगतिमा १३९, लेनक्रसमा ९२, सडक फुटपाथमा १०७, हर्न निषेधमा १२४, एकतर्फीमा १५०, अन्यमा एक जहार २०७ गरी कुल दुई हजार २१२ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “चौबिस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१२ जना चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रु २७ लाख ५७ हजार दुई राजस्व दाखिला भएको छ ।”
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित समय : १८:२३ बजे




















