गृहपृष्ठ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ ।
सम्मेलनमा स्वदेशी र विदेशी विज्ञ तथा अभियन्ताहरूले संविधानमा व्यवस्था गरिएअनुसार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई सरकार, निजी क्षेत्र र हरेक परिवारले पालना गर्नुपर्नेमा जोड दिइएका छन् ।
कार्यक्रममा दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष छत्र प्रधानले नेपालको संविधानको धारा ४१ मा राज्यबाट ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सुरक्षा तथा धारा ४३ मा आर्थिक रूपमा विपन्न र असहाय नागरिको सामाजिक सुरक्षाको हकको प्रबन्ध गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
केन्द्र सरकार र विभिन्न स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, सरकारी अस्पतालमा निःशुल्क सेवा, यातायातमा छुट, घरदैलो स्वास्थ सेवा प्रदान गरिएका बारे कार्यक्रममा अवगत गराइएको थियो । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले पालिकाले नागरिक आरोग्य केन्द्रलगायत ज्येष्ठ नागरिकलाई स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष महत्व दिएको बताएका छन।
प्रकाशित समय : १६:०१ बजे




















