global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कोलकाताको ‘रेड लाइट एरिया’बाट उद्धार गरिएका दुई वालिकालाई नेपाल सरकारलाई बुझाइयो

कोलकाताको ‘रेड लाइट एरिया’बाट उद्धार गरिएका दुई वालिकालाई नेपाल सरकारलाई बुझाइयो

कोलकाताको ‘रेड लाइट एरिया’बाट उद्धार गरिएका दुई वालिकालाई नेपाल सरकारलाई बुझाइयो

काठमाडौं । भारतको कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीबाट भागेका दुई जना नेपाली बालिकको उद्धार गरि काठमाडौं ल्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले भारतको प्रशासन तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूलाई ओडिसाको राजधानी भुवनेश्वरबाट उद्धार गरिएको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए । ‘१४–१५ बर्षका उनीहरु नुवाकोट जिल्लाका हुन् । उनीहरुलाई शुक्रबार काठमाडौंस्थित महिला, वालवालिका तथा ज्येष्ठ मन्त्रालय, वाल अधिकार परिषद, नेपाल प्रहरी मानव वेचविखन अनुसन्धान परिषदलगायतका निकायहरुको उपस्थितिमा नेपाल सरकारलाई जिम्मा लगाएका छौं,’ जोशीले भने ।

उनीहरुका विषयमा थप अनुसन्धान गर्ने, पालनपोषण गर्ने साथै उनीहरुको भविष्यका लागि आवश्यक समन्वयन गर्ने विषयामा पनि छलफल भएको जोशीले बताए । दिल्लीस्थित नेपाली दूतावासको अनुरोधमा ’किन इन्डिया’को टोली ओडिसाको राजधानी भुवनेश्वर पुगेर दुई जना नेपाली बालिकालाई बिहीबार राति नेपाल ल्याइ ल्याइएको हो । जोशीका अनुसार भारतमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई उद्धार गरी ल्याइएको हो । ‘दुवै जना मानसिक र शारीरिक रूपमा कमजोर छन् । उनीहरूको स्वास्थ्य परीक्षण र आराम चाहिएको छ,’ जोशीले भने ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु