गृहपृष्ठ कर्णालीमा कार्यरत विकास साझेदारसँग छलफल
कर्णालीमा कार्यरत विकास साझेदारसँग छलफल
कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँ कार्यरत विभिन्न विकास साझेदारको समन्वय र भूमिका विषयमा छलफल सुरु गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा कार्यरत विकासका साझेदारसँगको समन्वय बैठक’मा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु भएको हो । मुख्यमन्त्री यामलाल कँडेलले विकास साझेदारसँग सम्बन्ध, सहकार्य र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा साझेदारको भूमिकाबारे जानकारी लिने ध्येयले छलफल थालिएको बताए ।
छलफलमा कर्णालीमा कार्यरत युनिसेफ नेपाल, युएन वुमन, युएनएफपिए, डब्लुएचओ, डब्लुएफपी, आइएलओलगायत अन्तरराष्ट्रिय तथा राष्ट्रिय विकास साझेदारहरुले कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, लैङ्गिक हिंसा, सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रमा भएका र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमबारे प्रस्तुति प्रस्तुत गरिएको थियो ।
प्रकाशित समय : १६:४२ बजे




















