गृहपृष्ठ सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण
सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण
जलेश्वर । भारतसँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले सीमा नाका जाँचमा कडाइ गरेपछि तस्करी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्रमा जाँमा कडाइ गरेपछि तस्करी नियन्त्रण भएको भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए ।
सङ्गठित तस्करी नरोकिएको जनगुनासो बढेपछि प्रहरीले सीमावर्ती मटिहानी, पर्सापतैली, बिसनपुर, मसुरपट्टी, धबौली, मलिवारा, नैन्ही, हलखोरी, बथनाहा, मरुवाही, सकरी, कट्टी कटैया, सङ्ग्रामपुर, सम्सी, रघुनाथपुर, खैरबन्नीलगायत भारतीय सीमा क्षेत्रमा सक्रियता बढाएको छ । प्रहरीले तस्करी रोकेपछि भारतको सीतामढी र मधुबनी जिल्लाका प्रहरीले ती नाकामा कडा निगरानी गर्न थालेका भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच, सीमा नाकामा तस्करी रोकिएपछि नेपाली बजारमा उपभोग्य वस्तुको बिक्रीवितरण बढ्नुका साथै मूल्य आकासिँएको स्थानीय बताउँछन् ।साथै नाकामा कडाइ गरिएपछि सरसामान किनमेल गर्न सीमापारी ९भारतीय बजार० जाने क्रम घट्न थालेको स्थानीय व्यापारी बताउँछन् । यसअघि भारतीय बजार मूल्यको हाराहारीमा सामान पाइने यहाँका बजारमा अहिले १५ देखि १७ प्रतिशतले दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।
सीमा नाकामा प्रहरीद्वारा गरिएको कडाइले महँगी बढ्नुका साथै बजारमा उपभोग्य वस्तुको अभाव देखिन थालेको व्यापारीको भनाइ छ । चोरी पैठारी नियन्त्रणको क्रममा सशस्त्र प्रहरीले गत चैत १३ गतेदेखि हालसम्म गरिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए। सीमा नाकामा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको २४ घण्टे गस्ती र कडा निगरानी बढाएको सुरक्षा निकायले जनाएका छन्
प्रकाशित समय : १६:५२ बजे




















