global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको डिजिटल पूर्वाधारलाई नयाँ उचाइमा पु¥याउने घोषणा गरेको हो ।

नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको यो परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता तथा डाटा सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार डाटा सेन्टर काठमाडौं र वीरगन्जमा निर्माण गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ ।

यो नेपालकै पहिलो टियर आइभी प्रमाणित डाटा सेन्टर हुने दाबी गरिएको छ । यस्तो स्तरको डाटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने भएकाले वर्षभरिमा अत्यन्त न्यून प्राविधिक अवरोध मात्र हुने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालभित्रै डाटा सुरक्षित राख्ने ‘इन–कन्ट्री डाटा रेसिडेन्सी’ अवधारणालाई प्राथमिकता दिएको छ । यसले विदेशी सर्भरमाथिको निर्भरता घटाउँदै राष्ट्रिय साइबर सुरक्षा तथा डिजिटल आत्मनिर्भरतालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

ऊर्जा दक्ष र नेपालकै जलविद्युतमा आधारित रहने यो डाटा सेन्टरलाई वातावरणमैत्री पूर्वाधारका रूपमा विकास गरिने कम्पनीले जनाएको छ । साथै, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।
‘बिचुटेन’ नाम जापानी बौद्ध परम्परामा भगवान विष्णुको नामबाट प्रेरित रहेको बताइएको छ, जसले ‘रक्षक’ को अर्थ जनाउँछ । कम्पनीले भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु