global ime bank Long Banner Ad

गृहपृष्ठ मेरा शिखर बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता

मेरा शिखर बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता

मेरा शिखर बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता

काठमाडौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ स्थित मेरापिक हिमाल क्षेत्रको बेसक्याम्प आसपासबाट एक युवक हराएका छन् ।

सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् ।

राईसँगै सामान पुर्याउन गएका उनका साथी २९ बर्षिय राजकुमार राईले फर्किने क्रममा माप्य दुधकोशी गाउँपालिका ७ स्थीत छतर खोला आइपुग्दा अत्यधिक हिमपात भएर बाटो बिर्सिदा प्रमिस राई हराएको घरपरिवारलाई जानकारी गराएका थिए ।

घटनाबारे उनका साथी राजकुमार राईले परिवारलाई वैशाख १८ गते जानकारी गराएपछि प्रमिसका बुबाले इलाका प्रहरी कार्यालय सोताङमा निवेदन दिएका छन् । त्यसपछि प्रहरी टोली तत्कालै खोजीमा खटिएको छ

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु