nmb bank

गृहपृष्ठ नेता डा कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

नेता डा कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

नेता डा कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरुसँग छलफल गरेको छ ।

नेता कोइरालाले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकको बारेमा छलफल गर्नुभएको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरी लगायतको सहभागिता रहेको थियो ।

उक्त छलफलमा कांग्रेस नेताहरु डा शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मीनेन्द्र रिजाल, डा गोविन्दराज पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु