nmb bank

गृहपृष्ठ दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

धनुषा । जानकी नवमीका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका(२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि हजारौँ हिन्दु धर्मावलम्बीहरू पूजा आराधना, भजन कीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए ।

त्यस अवसरमा जानकी मन्दिरका सह(महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गरे । शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।

यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभा यात्रा निकालिएको थियो । शोभा यात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।

आजै दिउँसो १२:०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गरेका थिए । आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभा यात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सह महन्त वैष्णवले जानकारी दिए ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु