nmb bank

गृहपृष्ठ टेकपाइलाको एसोसिएट डाइरेक्टरमा अधिकारी नियुक्त

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा अधिकारी नियुक्त

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा अधिकारी नियुक्त

काठमाडौँ- नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ ।

हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा रहेका अधिकारीले यसअघि पनि नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा तथा प्रविधि विकासमा उल्लेखनीय योगदान पु-याइसकेका छन् । अब टेकपाइलामा उनको नेतृत्वमा कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षालाई केन्द्रमा राख्दै नयाँ सोच, नयाँ गति र नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ ।

अधिकारीले नेपाललाई छिमेकी मुलुक भारत र चीनसँग डिजिटल सहकार्यको माध्यमबाट ‘डिजिटल पुल’का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेका छन् । उनका अनुसार, प्रमाणपत्रमा मात्र सीमित नभई सीपमा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने ‘सीप–पहिलो’ अवधारणा नै अबको आवश्यकता हो, जसले नेपाली युवालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनेछ ।

टेकपाइला इनोभेसनका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले अधिकारीको आगमनले संस्थालाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गरेका छन् । उनले प्रविधि क्षेत्रमा अनुभवी नेतृत्व भित्र्याउन पाउनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा नवप्रवर्तन र डिजिटल रूपान्तरणमा टेकपाइला अझ सशक्त बन्ने बताएका छन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु