गृहपृष्ठ सालपा विकास बैंकको वार्षिक साधारण सभा असार १५ गते
सालपा विकास बैंकको वार्षिक साधारण सभा असार १५ गते
काठमाडौं । सालपा विकास बैंकले आगामी असार १५ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले खोटाङको दिक्तेलस्थित शुभम फाउन्डेशन परिसरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
सभामा बैंकको कार्यक्षेत्र थप चार जिल्लामा विस्तार गर्ने प्रस्ताव, सञ्चालक समितिको नयाँ नेतृत्व चयनलगायतका महत्वपूर्ण एजेन्डामाथि छलफल हुने छ।
सभामा हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा सेवा विस्तार गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। नियामक निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समिति वा तोकिएको व्यक्तिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
त्यसैगरी, सञ्चालकहरूको सेवा–सुविधा पुनरावलोकन, नियमावली संशोधन, वार्षिक प्रतिवेदन पारित, वित्तीय विवरण स्वीकृति तथा आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने बैंकले जनाएको छ।
बैंकले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गर्ने कार्यक्रम पनि सभाको कार्यसूचीमा समावेश गरेको छ।
प्रकाशित समय : ०८:४६ बजे



















