गृहपृष्ठ ‘भुलवश’ युक्रेनी विमान खसालिएकाे इरानद्वारा स्वीकार
‘भुलवश’ युक्रेनी विमान खसालिएकाे इरानद्वारा स्वीकार
इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकारेको छ । इरानको सरकारी टेलिभिजनकाे एक रिपोर्टअनुसार सेनाले युक्रेनी विमानलाई ‘भुलवश’ खसालेकाे बताएकाे हाे ।
शनिबार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको जनाएकाे छ । इरानका विदेशमन्त्री जावद जरीफले ट्वीट गर्दै उक्त दिनलाई दुःखद् दिन भनेका छन् । उनले मानवीय त्रुटिले विपद निम्त्याएकाे उल्लेख गरेका छन् ।
A sad day. Preliminary conclusions of internal investigation by Armed Forces:
Human error at time of crisis caused by US adventurism led to disaster
Our profound regrets, apologies and condolences to our people, to the families of all victims, and to other affected nations.
????— Javad Zarif (@JZarif) January 11, 2020
सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गरिने उल्लेख छ । बोइङ ७३७ युक्रेनी विमान बुधबार तेहरानमा दुर्घटनाग्रस्त भएको भएकाे थियाे । घटनामा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।
इरानले इराकस्थित अमेरिकी सैनिकहरूको बेस क्याम्पमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । पहिले इरानले उक्त विमानलाई खसालेकाे इन्कार गर्दै थियो । तर, अमेरिका र क्यानडाले इरानले विमान खसालेकाे बताएका थिए ।
प्रकाशित समय : १७:४५ बजे


















