गृहपृष्ठ इजरायली सेनाद्वारा लेबनानमा आक्रमण, १६ जनाको मृत्यु
इजरायली सेनाद्वारा लेबनानमा आक्रमण, १६ जनाको मृत्यु
दक्षिणी लेबनानको नबातीह जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
हारुफ, शर्कीह र कफर सर सहरहरूलाई लक्षित गरी आक्रम गरिएको जनाइएको छ भने कफर, रेमेन, कफर तेबनिट र अन्य नजिकैका इलाकाहरूमा भएको आक्रमणमा हताहत तथा घाइते र बेपत्ता बनाइएको रिपोर्ट गरिएको छ ।
इजरायली लडाकु विमानहरूले नबातियाह शहर, कफर तेबनिट, नबातियाह अल–फाका र रिहान हाइट्सलाई लक्षित गरी हवाई आक्रमणको श्रृंखला सुरु गरेको जनाइएको छ ।
इजरायली विमानले पबच क्षेत्र, शहरको विश्वविद्यालय लगायत जिल्ला विभिन्न स्थानमा आक्रमण गर्दा प्रारम्भिक रिपोर्टका अनुसार आठ जनाको मृत्यु भएको जनाइएको छ । अर्को आक्रमणले शार्कियाह र डुइर सहरहरू बिचको क्षेत्रलाई लक्षित गरी एउटा घर ध्वस्त पार्दा चार जनाको मृत्यु भएको जनाइएको छ ।
कफरमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको ज्यान गएको जनाइएको छ ।
इजरायली ड्रोनले डुइर नगरपालिका भवन नजिकै मोटरसाइकललाई लक्षित गरी गरेको आक्रमणमा एक जनाको मृत्यु भएको र अको एक जना घाइते भएको जनाइएको छ ।
गोलाबारीसँगै जेबचित सहरमा पनि श्रृङ्खलाबद्ध ड्रोन आक्रमण भएको थियो ।
लेबनान लगायतमा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले हालै भएकोको इरान– हमेरिका सम्झौताको बाबजुद र लेबनान–इजरायल सीमामा थप आक्रमण रोक्नको लागि जारी कूटनीतिक प्रयासहरूको बीचमा आक्रमण जारी रहको जनाइएको छ । रासस
प्रकाशित समय : १८:३९ बजे



















