गृहपृष्ठ सम्राट चौधरी हुने भए विहारको मुख्यमन्त्री
सम्राट चौधरी हुने भए विहारको मुख्यमन्त्री
Patna: Samrat Chaudhary Addresses Press Conference
काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्य विहारको मुख्यमन्त्री भारतीय जनता पार्टी (बीजेपी) का नेता सम्राट चौधरी हुने भएका छन् ।
आज बसेको विहार बीजेपी विधानसभाको बैठकले चौधरीलाई संसदीय दलको नेतामा चयन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बीजेपीको सहयात्री दल जेडीयूका नेता नितिश कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएर भारतीय संसद्को माथिल्लो सदन राज्यसभाको सदस्य निर्वाचित भएका छन् । नितिश दिल्लीको राजनीतिमा गएसँगै विहारको कमान्ड बीजीपीको हातमा आएको हो ।
प्रकाशित समय : १६:४० बजे


















