गृहपृष्ठ बालेन सरकारको गरिबी दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता
बालेन सरकारको गरिबी दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता
सरकारले आगामी पाँच वर्षभित्र गरिबीको दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ ।
छैटौँ राजनीतिक दलहरूको घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्धतामा हालको २०.२७ प्रतिशत गरिबीलाई आधा घटाउने लक्ष्य राखिएको हो ।
प्रतिबद्धतामा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासमार्फत आर्थिक तथा सामाजिक असमानता घटाउँदै गरिबी न्यूनिकरण गरिने उल्लेख छ ।
त्यसैगरी, आगामी पाँच वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्याउने लक्ष्य पनि समावेश गरिएको छ ।
प्रकाशित समय : १६:४४ बजे



















