गृहपृष्ठ सबैलाई समेटेर लैजाने प्रयास गर्नेछु : गगन थापा
सबैलाई समेटेर लैजाने प्रयास गर्नेछु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो जिम्मेवारीअनुसार सबैलाई समेटेर लैजाने बताएका छन् ।
मंगलबार (वैशाख १) काठमाडौंमा पार्टीको एकमहिने ‘जरा अभियान’को शुभारम्भ गर्दै उनले भने, “मैले राख्ने लचकता र विनम्रतालाई कृपा गरेर कमजोरी नठानी दिनुहोला । म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु ।”
उनले आफू पनि पार्टीको विधानले बाँधिएको बताए । “सक्नेले मलाई सहयोग गरिदिनुहोला, नसक्नेले तङ नगरी दिनुहोला,” उनले भने ।
प्रकाशित समय : १४:११ बजे

















