गृहपृष्ठ प्रिमियर लिगमा रजत विजेता एरिका स्वदेश फिर्ता
प्रिमियर लिगमा रजत विजेता एरिका स्वदेश फिर्ता
काठमाडौं । चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल नेपालकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किएकी छन ।
चीनको लेसानमा आइतबार भएको फाइनलमा एरिका काजकिस्तानकी सोफिया बर्लुतशोभासँग २–१ ले पराजित भएकी थिइन । एरिकाले यसअघि सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराएर फाइनलमा स्थान बनाएकी थिइन ।
यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन । यस लिगको समूह चरणको सबै खेल जितेकी एरिकाले क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले सहजै हराएकी थिइन ।
प्रकाशित समय : १५:१९ बजे

















