global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ “लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा”

“लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा”

“लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा”

काठमाडौंको प्रहरी वृत्त बौद्ध अगाडी गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा सार्वजानिक यात्रुवाहक सवारी साधन (भाडाबस) चालक २ जना , माईक्रोबस चालक २ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी वृत्त बौद्धको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध काठमाडौं पठाइएको छ |

यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।

 

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु