global ime bank Long Banner Ad

गृहपृष्ठ समान अवसर प्रदान गर्न समान अवस्था सिर्जना हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

समान अवसर प्रदान गर्न समान अवस्था सिर्जना हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

समान अवसर प्रदान गर्न समान अवस्था सिर्जना हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश संघीयता गए पनि अझै संघीय मर्म अनुसारको संघीय व्यवस्था लागू हुन नसकेको बताएका छन् ।

पोखरामा शनिबार आयोजना भएको कानुनी पत्रकारिता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री गुरुङले देशमा संघीयता लागू भए पनि संघीय मर्म र भावनाअनुसार अझै पनि व्यवस्था लागु हुन नसकेको बताएका हुन् ।

जनताले अपेक्षा गरेअनुसार संघीय व्यवस्थाले अझ काम गर्न नसकेको उनले स्वीकारे । मुख्यमन्त्री गुरुङले भने, ‘संघीय व्यवस्थाअनुसार सवै वर्ग तथा समुदायलाई समान अवसर प्रदान गर्नुपर्छ तर अझै पनि महिला र पूरुषको हकमा पनि भाले बासीरहेको छ, स्थानीय निकायका प्रमुखमा अधिकांश पदमा पूरुष रहेका छन्, एकाध ठाउँमा महिला प्रमुख भएका छन्् ।’

समान अवसरका लागि समान अवस्था सृजना गर्नुपर्ने उनको जोड थियो । उनले प्रश्न गर्दै भने, ‘एउटा बोर्डिङ स्कुलमा पढेको विद्यार्थी र अर्को सामुदायिक विद्यालयमा पढेको विद्यार्थीको शैक्षिक स्तर एउटै हुन्छ, समान अवसर प्रदान गर्नको समान अवस्था सिर्जना गर्नुपर्छ, शिक्षामा सवैलाई समान अधिकार छ ।’

गण्डकी प्रदेशका संघीय मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पत्रकार अन्य पदीय दाहित्व भन्दा अझ बढी जिम्मेवार र कानुन पालक हुनुपर्ने बताए । उनले भने, ‘समाजका हरेक व्यक्तिमाथि प्रश्न गर्ने पत्रकार आफू पहिला कानुनको जागरुक र पालना गरेको हुनुपर्ने छ ।’

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु