global ime bank Long Banner Ad

गृहपृष्ठ क्योकुसिन कान प्रतियोगिता पुस २९ देखि

क्योकुसिन कान प्रतियोगिता पुस २९ देखि

क्योकुसिन कान प्रतियोगिता पुस २९ देखि

१९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ पुस २९ गते र माघ १ गते हुने भएको छ ।

नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा पोखरा रंगशालामा पुस २९ गते र ढुंगेसाँघुमा माघ १ गते हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।

पूरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ र ६० केजी मुनी र खुला तौल समूहमा प्रतियोगिता हुनेछ । महिलातर्फ ३५, ४०, ४५, ५० र खुला तौल समूहमा प्रतियोगिता हुने संघका सल्लाहकार तथा गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदारले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सिल्ड, मेडल प्रमाणपत्र र खादाले सम्मान गर्ने गोदारले बताए । प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट २ लाख रुपैयाँ बचत अपेक्षा रहेको नेपाल क्योकुशिन कान कास्की शाखा अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।

बचत रकमबाट संघले खेलाडीलाई आवश्यक पर्ने म्याट, प्याड र ग्लोब किन्ने थापाले जानकारी दिए । संघका खेलाडीले यसभन्दा पहिला जापान, भियतनाम र युरोपमा विभिन्न देशलगायतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जितेको थापाले बताए ।

संघले अघिल्लो वर्ष गरेको १८ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट प्रतियोगिता २०७५ मा ८० हजार रुपैयाँ बचत गरेको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए । संघले यो बचतबाट म्याट, प्याडलगायत खलाडीलाई आवश्यक पर्ने ५ लाख रुपैयाँ बराबरको सामान किनेको क्षेत्रीले बताए ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु