global ime bank Long Banner Ad

गृहपृष्ठ फलामको रड प्रहार गरी ट्रिप्परले किचेर हत्या, ४ जना पक्राउ

फलामको रड प्रहार गरी ट्रिप्परले किचेर हत्या, ४ जना पक्राउ

फलामको रड प्रहार गरी ट्रिप्परले किचेर हत्या, ४ जना पक्राउ

दिलीप महतो हत्याको आरोपमा ४ जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषाको मिथिला नगरपालिका ५ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

अवैध तरिकाले खोला उत्खनन् गर्ने विरोध गरेका युवा ओमप्रकाश महतोको हत्या गरेको आरोपमा धनुषाको मिथिला नपा–५ बस्ने चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक २७ वर्षीय विपिनकुमार महतो, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ९ बस्ने ३४ वर्षीय ट्रिप्पर चालक मुनिन्द्र महतो, बर्दिवास नगरपालिका २ बस्ने २४ वर्षीय अनटेस्ट लोडरका चालक जितेन्द्रकुमार महतो र मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मिथिला नगरपालिका ५ स्थित औरही खोलामा अवैध तरिकाले चुरियामाई क्रसर प्रशोधन उद्योगले उत्खन्न गर्दै आएको थियो । ओमप्रकाश महतोले पटक पटक अवैध वालुवा उत्खनन् नगर्न भन्दै रोक्दै आएका थिए ।

अवैध उत्खनन् हुँदै आएको खबर पाएर पुस २५ गते बिहान ४ बजे छिमेकी साथी २४ वर्षीय रोशनकुमार यादवसँग औरही खोला गएको बेलामा उनलाई फलामले पेटको दाहिने कोखामा घोचेर कुटपिट गर्दै ना ७ ख ६४१३ नम्बरको ट्रिप्परले किचेर हत्या गरेको अनुसन्धानमा खुलेको र आरोपीहरुले पनि स्वीकारेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कुटपिट गर्दै टिपरले किचेर हत्या गरिएका महतोको शवको पोष्टमार्टम पुस २६ गते जनकपुरस्थित प्रादेशिक अस्पतालमा ३ घण्टा लगाएर ४ जना चिकित्सकले पोष्टमार्टम गरेको छ । पुस २६ गते साँझ ७ बजेर १० मिनेटसम्म दिलीपको शवको पोष्टमार्टम गरिएको हो । पोष्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान समेत गरिएको छ ।

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु